TodayPati

मधेश आन्दोलनको क्रममा लगाएको १२० मुद्दा सरकारले फिर्ता लियो


टुडेपाटी-
जनकपुरधाम, वैशाख १५  गते ।

सरकाले मधेश आन्दोलनकाका क्रममा लाएको १२० जनाको मुद्दा फिर्ता लिएको छ । सरकारमा जान जनता समाजवादी पार्टी बिच भएको सम्झौता अनुसार सरकारले मधेश आन्दोलनको क्रममा लागेको मुद्दा फिर्ता लिन सुरु गरेको हो ।

Sponsored

सरकार बादी रहेका १५ वटा मुद्दामा एक सय २० जनाको मुद्दा फिर्ता लिएको छ । सुचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले बुधबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै नेपाल सरकार वादी रहेका १५ मुद्दामा १२० जनाको मुद्दा फिर्ता लिएको जानकारी गराएका हुन् । उनले त्यस्तै मुद्दामा भए निरन्तर फिर्ता लिँदै जाने समेत जनाएका छन् ।

समाजवादी पार्टीले जनता समाजवादी पार्टीले मधेस र थारुहट आन्दोलनका क्रममा आफ्ना नेता कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिन माग गर्दै आएको थियो । सोही अनुसार सरकारले मुद्दा फिर्ता लिने निर्णय गरेको बताइएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *