TodayPati

रौतहटका दुई मेयर र पाँच उपमेयरलाई माओवादीले गर्यो पार्टीबाट निष्कासन, पदमुक्त गर्न पत्राचार


टुडेपाटी-
रौतहट, वैशाख १६ गते ।

नेकपा एमालेको ओली पक्षमा लागेपछि रौतहटका दुई मेयर र पाँच उपमेयरलाई नेकपा (माओवादी केन्द्र) ले पार्टीबाट निष्कासन गरेको छ । माओवादीबाट चुनाव जितेर एमालेको ओली खेमातिर लागेपछि उनीहरुलाई पदमुक्त गरिएको माओवादी रौतहटका सचिव देवेन्द्र पटेलले जानकारी दिए ।

उनीहरुलाई पदबाट मुक्त गरिदिन पार्टी केन्द्रले निर्वाचन आयोगलाई पत्राचारसमेत गरिसकेको छ ।

Sponsored

रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह, कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहा, यमुनामाई गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी साह, माधवनारायण नगरपालिकाकाका उपमेयर सिमल साह, फतुवाविजयपुर नगरपालिकाकी उपमेयर कान्तिदेवी साह, मौलापुर नगरपालिकाका उपमेयर गौरीशंकर जयसवाल र देवाहीगोनाही नगरपालिकाकी उपमेयर परनिया देवीलाई माओवादी केन्द्रले पार्टीबाट निस्कासन गरेको हो ।

उनीहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्कासन गरिएको सचिव पटेलले जानकारी दिए । मेयर साह सहरी विकास मन्त्री प्रभु साहकी पत्नी हुन्।ओली खेमातिर लागेपछि माओवादीले उनीहरुलाई स्पष्टीकरण सोधेको थियो। तर, कसैले पनि स्पष्टीकरण दिएका थिएनन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा उनीहरु सबै माओवादी केन्द्रबाट निर्वाचित भएका थिए। माओवादी परित्याग गरेका उनीहरुलाई पार्टी केन्द्रीय समितिको बैठकले पार्टीको साधारण सदस्यसमेत नरहने गरि निष्कासित गरेको हो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *