TodayPati

सप्तरीका कोरोना संक्रमित युवकको धरानमा उपचारको क्रममा मृत्यु

शुभ नारायण यादव-

सप्तरी, बैशाख १६ गते ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण सप्तरीका एक २४ वर्षीय युवकको मृत्यु भएको छ ।

Sponsored

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित कोभिड अस्पतालमा उपचारार्थ भर्ना रहेका अग्निसाइर कृष्णासवर गाउँपालिका–५ का युवकको विहिवार विहान मृत्यु भएको हो ।

वैशाख ९ गते संक्रमण पुष्टि भएपछि उहाँलाई १३ गते प्रतिष्ठानस्थित कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मधुमेहका विरामी समेत रहेका युवकको उपचारकै क्रममा विहीवार विहान सवा १२ बजेतिर मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिनु भयो ।
युवकको शव दाहसंस्कारको लागि ल्याइसकिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्र प्रसाद धमलाले बताउनु भयो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *