TodayPati

हनुमाननगर कंकालिनीमा शैलुन बन्द, हटिया लगाउन पनि रोक

टुडेपाटी-
सप्तरी बैशाख १६ गते ।

कोभिड–१९ संक्रमणको महामारीलाई रोकथाम गर्न सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा साप्ताहिक हाट (हटिया) लगाउन रोक लगाइएको छ ।
नगर प्रमुख शैलेन्द्र कुमार साहको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकबाट सोसहित अन्य १२ वटा निर्णय भएको छ । हाटमा अत्याधिक भीडभाड भइरहेको र यसले कोभिड–१९ संक्रमण तीव्र रुपमा बढ्नसक्ने सम्भावनालाई मध्यनजर गर्दै अर्को निर्णय नभएसम्मकालागि नगरभरि हाट लगाउन रोक लगाएको मेयर साहले जानकारी दिनु भयो ।

यसैगरी नगर क्षेत्रभरिमा रहेका शैलुनहरु पनि वैशाख १९ गतेबाट बन्द गर्ने निर्णय भएको छ भने होटल व्यवसाय पनि वेलुकी ९ बजेपछि अनिवार्य बन्द गर्न निर्णय भएको छ । ‘शैलुनबाट कोभिड सर्नसक्ने सम्भावना बढी देखिएकाले वैशाख १९ गतेबाट शैलुन बन्द गर्ने निर्णय भएको हो’ नगर प्रमुख साहले भन्नु भयो –‘कोभिड–१९ बाट बच्न बचाउनका लागि विभिन्न १२ वटा निर्णय भएको छ।’

Sponsored

कोभिडबाट जोगिन जनचेतना फैलाउने, सबैजसो वडाहरुमा मास्क र स्यानिटाइजर वितरण गर्ने, कोभिडको आंशका देखिएका व्यक्तिलाई तत्कालै एन्टिजेन परीक्षण गर्ने, संक्रमितहरुलाई राख्न आइसोलेसन तयार गर्ने, हेल्फ डेक्स तयार गर्ने निर्णय भएको उहाँले बताउनु भयो ।
यसैगरी स्थानीय प्रशासनसँगको समन्वयमा मास्क नलगाउने व्यक्तिलाई ठाउँको ठाउँ कारबाही गर्ने लगायतको निर्णयहरु भएको नगर प्रमुख साहले बताउनु भयो ।

‘प्रशासनसँगको समन्वयमा मास्क नलगाउनेलाई संक्रामक रोग ऐन अन्तर्गत ठाउँको ठाउँ कारबाही गर्ने हामीले निर्णय गरेका छौं’ उहाँले भन्नु भयो –‘मास्कका साथै कोभिडबाट बच्न बचाउन नेपाल सरकारद्वारा जारी गरिएको स्वास्थ्य मापदण्डको पालना गर्ने र गराउने कार्यमा हामी कुनै कसर बाँकी राख्ने छैनौं ।’ नगर प्रमुख साहले स्वास्थ्य मापदण्डको पालना गर्न सबैलाई आग्रह पनि गर्नु भयो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *