TodayPati

नेपालमा कोरोनाबाट अहिलेसम्मकै धेरै ३५ जनाको मृत्यु, ४९२८ संक्रमित थपिए

टुडेपाटी-
जनकपुरधाम, वैशाख १६ गते ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ ।
नेपालमा कोरोना संक्रमण फैलन सुरु गरेपछि एक दिनमा मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ३५ जनाको ज्यान गएसँगै अहिलेसम्म मृत्यु हुनेको संख्या तीन हजार २४६ पुगेको छ ।

Sponsored

यस्तै पछिल्लो २४ घण्टामा थप ४,९२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२,५९७ पीसीआर परीक्षणमा ४,८३१ जना र ९६३ एन्टिजेन परीक्षणमा ९७ जना गरी ४,९२८ जना संक्रमित भेटिएका हुन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८८८ रहेको छ ।

Sponsored

हाल नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३४ हजार ११७ पुगेको छ । तीमध्ये होम आइसोलेसनमा ३० हजार ९१६ र संस्थागत आइसोलेसनमा तीन हजार २०१ जना रहेका छन् ।

सक्रिय संक्रमितमध्ये आइसियूमा ३३७ र भेन्टिलेटरमा १०७ जना रहेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *