TodayPati

पार्टी निर्णय विपरीत मन्त्री बनेका जसपाका ४ सांसद पदमुक्त

टुडेपाटी

बुटवल, वैशाख १६ गते ।

लुम्बिनी प्रदेशमा पार्टी निर्णय विपरीत मन्त्री बनेका जनता समाजवादी पार्टीका चारजना प्रदेश सांसद पदमुक्त भएका छन् ।

Sponsored

जसपा नेपालले पार्टीका ४ सांसदलाई कारवाही गरेपछि प्रदेशसभा सचिवालयले सूचना टाँस गरेको हो ।

प्रदेशसभा सचिवालयले कारवाहीको सूचना टाँस गरेपछि सांसदहरू पदमुक्त भएको मानिन्छ । पार्टीको निर्णय विपरीत मन्त्री बनेपछि पार्टीले चारै सांसदलाई कारवाही गरेको हो ।

सांसदहरू सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई प्रदेशसभा सदस्य र पार्टी सदस्यबाट निष्कासन गरिएको सूचना बिहीवार प्रदेशसभा सचिवालयले प्रकाशित गरेको छ ।

Sponsored

जसपाले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गराएका बेला पार्टी निर्णय विपरीत चारै जना प्रदेश सरकारमा मन्त्री बनेका छन् । 

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *