TodayPati

कक्षा ११ र १२ को परीक्षा पनि स्थगित

टुडेपाटी-
काठमाडौ, चैत २५ गते ।
कोरोना भाइरसका कारण राष्ट्रिय परीक्षा बोर्डले अर्को सूचना जारी नभएसम्म कक्षा १२ र ११ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । मंगलबार दिउँसो बसेको परीक्षा बोर्डको बैठकले स्थगित गर्ने निर्णय गरेको हो ।

‘कोरोना भाइरसका कारण देश बन्दाबन्दीमा रहेकोले तत्कालका निम्ति निर्धारित परीक्षा तालिका स्थगित गर्ने निर्णय भएको छ,’ बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भने, ‘अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको छ । सरकारले बन्दाबन्दी खोलेपछि मात्र अर्को सूचना जारी हुनेछ ।’

कोभिड–१९ का कारण चैत ६ गतेबाट हुने एसईई रोकिएको छ । बोर्डले आगामी वैशाख ८ गतेबाट कक्षा १२ र वैशाख २१ गतेबाट कक्षा ११ को परीक्षा तालिका तोकेको थियो । कक्षा ११ र १२ मा करिब ९ लाख ६२ हजार परीक्षार्थी रहेका छन् । ४ लाख ६२ हजार विद्यार्थी एसईईको तयारीमा रहेका थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *