TodayPati

रौतहटमा पनि एक युवकमा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या १४ पुग्यो

टुडेपाटी-
रौतहट, वैशाख १ गते ।

नेपालमा फेरी एक युवक कोरोना संक्रमित युवक फेला परेको पुष्टि भएको छ । आइतबार तीन जनामा कोरोना भेटिएकोमा सोमबार फेरि दुईजनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। रौतहट जिल्लाका १९ वर्षीय युवामा कोरोनाको संक्रमण पुष्टि भएको हो। उनी रौतहटमै क्वारेन्टिनमा बसेका थिए।

उनको स्वाव काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा सोमबार पोजिटिभ भेटिएका हो।

Sponsored

सोमबार नै कैलालीको लम्की–चुहाकी ६५ वर्षीय महिलामा संक्रमण पुष्टि भएको थियो।

योसँगै नेपालमा संक्रमितको संख्या १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले सोमबारको नियमित ब्रिफिङमा जानकारी दिएका हुन्।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

One thought on “रौतहटमा पनि एक युवकमा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या १४ पुग्यो

  • April 13, 2020 at 1:58 pm
    Permalink

    अब प्रदेश२मा पनि सतरकता अपनाउनु नितान्त आवश्यक छ।

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *