TodayPati

कोरोना असर : यस वर्ष जानकी नवमीको अवसरमा कुनै प्रकारको उत्सव नहुने

टुडेपाटी-

जनकपुरधाम, वैशाख १० गते ।

प्रत्येक वर्ष जनकपुरधाममा मनाइँदै आएको जानकी नवमीमा अन्य वर्ष झै विशेष उत्सवहरु नहुने भएको छ । विश्वभरी कोरोना भाइरस संक्रमणको महामारी फैलिएका कारण सरकारले लकडाउन लगाएपछि जानकी नवमी उत्सवमा समेत यसको असर परेको हो । 

Sponsored

यश वर्ष लकडाउनको पालना गर्दै जानकी नवमीको अवसरमा कुनै प्रकारको उत्सव आयोजन नगरिने जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले जानकारी दिए । उत्सवकै समयमा कोरोना महामारीको त्रास रहेकाले सरकारले लगाएको लकडाउनको पालन गर्नु अहिलेको आवश्यक्ता रहेको उनले बताए । 

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइँदै आएको जानकी जन्मोत्सवका दिन जानकी मन्दिरले भव्य कार्यक्रमको आयोजना गर्दै आएको थियो । यस वर्ष मन्दिरभित्रै जानकी जन्मोत्सवको अवसरमा ९ दिनसम्म पूजा अराधना गरिने महन्थ दासले बताए । उनका अनुसार वैशाख १२ गते घटस्थापना हुनेछ भने जानकी जन्मोत्सव मन्दिरभित्रै वैशाख २० गते मनाइने छ । 

महन्थ दासले कोरोना महामारी फैलिएकोले जानकी जन्मोत्सवका दिन घर घरमै विशेष आरती गर्न तथा दिपोत्सव गर्न आग्रह गरे ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *