TodayPati

प्रदेश २ : कोरोना परिक्षणमा आरडिटी पोजेटिभ देखिएको युवतीको मृत्यु

टुडेपाटी

बीरगंज, बैशाख १४ गते ।

प्रदेश २ को पर्सा जिल्लाको बीरगंजमा आरडिटी टेष्ट पोजेटिभ देखिएकी एक युवतीको मृत्यु भएको छ ।

Sponsored

ब्लड क्यान्सरबाट ग्रसित २३ वर्षीया युवतीको तीन पटकसम्मको आरडिटी टेष्ट पोजेटिभ देखिएको थियो । उनको आइतबार बिहान तराई अस्पतालबाट नारायणी अस्पताल ल्याउने क्रममा मृत्यु भएको हो । उनको मृत्युको कारण स्पष्ट पार्न स्वाब लिइएको र परीक्षणका लागि हेटौँडा पठाइएको बताइएको छ ।

अस्पतालमा कोरोना भाइरसको संक्रमणको आशंका भएपछि उनको आरडिटी टेष्ट गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

उनको दोस्रो टेष्ट पनि पोजेटिभ देखिएपछि नारायणी अस्पतालबाट गएको टोलीले अन्तिम टेष्ट गरेको र त्यो पनि पोजेटिभ देखिएको अस्पतालका मेसु डा.मदन उपाध्यायले जानकारी दिए ।

Sponsored

स्वास्थ्यमा समस्या भएपछि शनिबार बिहान विभिन्न अस्पताल हुँदै उनलाई तराई अस्पताल पुर्याइएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *