TodayPati

महोत्तरीमा दिनदहाडै अज्ञात समुहबाट एकजनाको हत्या

टुडेपाटी-
महोत्तरी, बैशाख २८ गते ।

महोत्तरीत्तरीको गौशालामा दिनदहाडै एकजनाको हत्या भएको छ । गौशाला नगरपालिका वडा नं. ४ रामनगरका ४३ वर्षीय दिलीप ठाकुरको अज्ञात समुहले हत्या गरेको हो ।

बिहान १० बजे आफ्नो घरबाट छिमेक गाउँमा पर्ने आफन्तको घर गएका ठाकुरको शव हत्या गरेको अवस्थामा गाउँ नजिकै केराबारीमा फेला परेको छ । घटनास्थलमा प्रहरी पुगेर मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल जलेश्वर लग्ने तयारी गरेको छ ।

Sponsored

उकोमा चिरपट प्रहरको गम्भीर चोट देखिएको छ भने घटनास्थल नजिकै चिरपट बरामद भएकाले उनको चिरपट प्रहार गरी हत्या गरेको प्रहरीको अनुमान छ ।
हत्या कसले वा किन गरेको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *