TodayPati

प्रदेश २ मा ६० सहित थप ४ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति ?

टुडेपाटी-

जनकपुरधाम, असार १७ गते ।

प्रदेश २ मा ६० सहित थप ४ सय ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ८८६ नमुना परीक्षण गर्दा ४५२ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

Sponsored

पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा संक्रमित थपिए सँगै कुल संक्रमितको संख्या १४ हजार ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरूमध्ये ३० जनाको मृत्यु भएको छ भने ४ हजार ६५६ जना डिस्चार्ज भएका छन् ।

कहाँ–कहाँ थपिए संक्रमित ?

मन्त्रालयका अनुसार सबैभन्दा धेरै अछाममा १३५ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै, बाजुराका ४३, महोत्तरी ३६, कैलाली २७, सुर्खेत २२, धनुषा २१, कञ्चनपुर र डोटीका २०÷२० जना, बझाङका १८, सल्यानका १५, झापाका १३, बाँके र बर्दियाका ११÷११ जना र लमजुङका १० जना संक्रमित भएका छन् ।

Sponsored

यस्तै, स्याङ्जा र गुल्मीका ८÷८ जना, कास्की, गोरखा, बाग्लुङका ३÷३ जना, सिराहा, इलाम, मोरङ, नवलपुर, दाङ, पाल्पा, दैलेख र कालीकोटका २÷२ मा संक्रमण पुष्टि भएको छ ।

ताप्लेजुङ, सुनसरी, नवलपरासी बारा, पर्सा, नवलपरासी, पर्वत, तनहुँ, अर्घाखाँची, जुम्ला, बैतडी र अछामका एकएक जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जोगेश्वर गौतमले बताए ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र १७ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंका ५ महिला र ५ पुरुष, ललितपुरका ३ महिला र दुई पुरुष तथा भक्तपुरका एक महिला र एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *