TodayPati

मुस्लिम समुदाय आज बकर ईद पर्व मनाउँदै

टुडेपाटी-
जनकपुरधाम, साउन १७ गते ।

मुस्लिम धर्मावलम्बीले आज इद उल (बकर इद्) पर्व मनाउँदैछन् । यो पर्वलाई इद उल अज्हा अथवा इदुल जोहा पनि भनिन्छ ।

इदमा मुस्लिम समुदाय मस्जिदमा भेला भएर सामूहिक रुपमा नवाज पढ्ने गर्छन् । तर, यस वर्ष कोरोना भाइरस संक्रमणको कारण मुस्लिम समुदायले घरमै बसेर यो पर्व मनाउँदै छन् ।

Sponsored

कोरोना संक्रमणको जोखिम उच्च भएकाले विभिन्न मुस्लिम संघसंस्थाले घरमै नमाज पढ्न र सामूहिक रुपमा भेला नहुन अपिल गरेका छन् ।

इदमा पशुबली दिने परंपरा छ। हलाल गरेको मासु आफन्त, साथीभाइ र गरिबलाई बाँडेर खाने गरिन्छ। खसी, बोका, राँगा, भैँसी, भेडा लगायतका पशु बली दिने परंपरा छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *