TodayPati

रौतहटमा आकस्मिक रक्तदान कार्यक्रमको आयोजना

प्रमोद सहनी-
रौतहट, असोज ५ गते ।

कोरोना महामारीका कारण मुलुकमा रगतको अभाव भएकोले रौतहटका यूवा पीढीले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रौतहटको गरुडा श्री राम सुगर मिल्समा सोमबार आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा १७ जनाले रक्तदान गरेका हुन् ।

मुलुकमा रगत अभावका कारण बिरामीले ज्यान गुमाउनु नपर्ने उदेश्यका साथ यूवा संस्थाले जनचेतना मुलक कार्यक्रमको रुपमा रक्तदान कार्यक्रमको आयोजना गरेको जनाइएको छ ।

Sponsored

रौतहट यूवा पीढीद्वारा आयोजित आकस्मिक रक्तदान कार्यक्रमा प्रमुख अतिथि गरुडा नगरपालिकाका नगर प्रमुख इनु राय यादव, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, विशिष्ठ अतिथि रङिला जैसवाल, बृज किशोर यादव, मनोज चौधरी, राजेश्वर पाण्डे, रेडक्रस सभापति संजिव मल्लिक, धर्मेन्द्र सिंह, जय किसान पोलीटेक्निकका प्रशासन प्रमुख मुकेश साह, हेमन्त यादव, दिलिप जयसवाल, एस के साह, सुसिल यादव, अनेरास्ववियु नेता राजु महतो हेल्थ असिस्टेन्ट रामविश्वास पटेल र नरेन्द्र यादव लगायतको उपस्थिति रहेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *