TodayPati

जिल्ला प्रशासन कार्यालय सर्लाही ३० असोजसम्म बन्द

टुडेपाटी-
जनकपुरधाम, असोज २४ गते ।

जिल्ला प्रशासन कार्यालय सर्लाही ५ दिनका लागि बन्द हुने भएको छ । जिप्रका सर्लाहीका प्रमुख जिल्ला अधिकारी र प्रशासकीय अधिकृत लगायत कार्यालयमा कार्यरत ६ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि भोलिदेखि बन्द गर्ने निर्णय गरेको हो ।

कोरोना महामारीको जोखिम न्यूनीकरण गर्ने उदेश्यका साथ आइतबारदेखि आगामी असोज ३० गतेसम्मको लागि बन्द गर्ने निर्णय गरेको प्रशासकीय अधिकृत राम प्रमोद यादवले जानकारी दिए ।

बन्द अवधिमा शान्ति सुरक्षा र विपद व्यवस्थापन बाहेकका सम्पूर्ण सेवा बन्द रहने उनले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *