TodayPati

बाराका वडाध्यक्ष यादवको निधन

टुडेपाटी-
बारा, कार्तिक २८ गते ।

बाराको पचरौता नगरपालिका १ का वडाध्यक्ष जगतनारायण प्रसाद यादको निधन भएको छ । स्थानीय तहको निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित ६५ वर्षीय यादवको वीरगञ्जस्थित प्रभु अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो ।

ढाडमा समस्या देखिएपछि शुक्रबार नै उपचारका लागि उनलाई प्रभु अस्पतालमा लगिएको थियो । अस्पतालको आकस्मिक कक्षमा राखेर उपचार गराउने क्रममा शुक्रबार दिउँसो साढे १ बजे उनको निधन भएको नगर प्रमुख रमेशकुमार यादवले बताए ।

Sponsored

प्रभु अस्पतालका डाक्टर अभिषेक अर्यालले यादवमा उच्च रक्तचाप र मुटुको समस्या देखिएको जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *