TodayPati

नेपाल-भारत सिमानाका खुलाउन माग गर्दै आज पनि गौर भन्सार अगाडि धर्ना

टुडेपाटी-

रौतहट, कात्तिक ३० गते ।

गौर नाका खुलाउन माग गर्दै आज पनि रौतहट जिल्लाको सदरमुकाम गौर भन्सार अगाडि धर्ना दिएका छन् । दुई दिनदेखि स्थानीय जनप्रतिनिधिको अगुवाइमा स्थानीय वासिन्दाले धर्ना दिदै आएका छन् ।

Sponsored

जनता समाजवादी पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य अनिलकुमार झाको नेतृत्वमा आइतबार गौर भन्सारअगाडि धर्ना दिइएको छ । धर्नामा प्रदेशसभा सदस्य बाबुलाल साह र गौरका नगरप्रमुख अजयकुमार गुप्ता लगायतका जनप्रतिनिधि, नागरिक समाज तथा स्थानीयवासी बसेका छन् ।

भारतले एकतर्फी रुपमा सीमा नाका खोले पनि नेपाल सरकारले गौरको सीमा नखोल्दा स्थानीय वासिन्दालाई विविध समस्या उत्पन्न भएको भन्दै सीमा खुलाउनुपर्ने मागसहित धर्ना दिइएको हो । पारिबाट नेपाल आउने तर नेपालबाट सीमापारि जान नदिने नेपालका सरकारी नीतिका कारण सीमावर्ती क्षेत्रका वासिन्दालाई चाडपर्वका अवसरमा समस्या उत्पन्न भएको बताइएको छ ।

नेपाल भारतबीच सदियौदेखि पारिवारिक सम्बन्ध रहेको र यो सम्बन्धमा विगत केही समययता सीमा नाका बन्दले प्रभावित तुल्याएको बताउँदै जसपा नेता झाले तत्काल सीमा नाका खोल्न सरकारसँग माग गर्नुभयो । संघीय सरकारको गलत नीतिका कारण स्थानीय वासिन्दा समस्यामा परेका उनले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *