TodayPati

बर्दिबासकी गुलाब्सा खातुनको हत्यारा साहमाथि ४ वटा मुद्दा चलाइयो

टुडेपाटी

जनकपुरधाम, मंसिर १३ गते ।

महोत्तरीको बर्दिबासकी ६ बर्षीया गुलाब्सा खातुनको हत्या अभियोगमा पक्राउ परेका गौशाला–५ का २६ बर्षीय अरुण साहमाथि किटानी जाहेरी परेको छ । शुक्रबार साँझ पीडित परिवारले ईलाका प्रहरी कार्यालय बर्दिबासमा जाहेरी दर्ता गराएका हुन् ।

Sponsored

अपहरण, शरिर बन्धक, जबर्जस्तीकरणी र कर्तव्य ज्यानमा आरोपीमाथि मुद्धा दर्ता गरिएको डीएसपी राजन चपागाईंले जानकारी दिए । गाउँबाटै अपहरणमा परेकी बर्दिबास–१४ शुभम् बस्तीकी बालिका गुलाब्साको हत्या भएको थियो । त्यही घटनाले तनाब बढ्यो ।

आइतबार साँझ गाउँबाटै बेपत्ता भएकी अबोद्ध बालिकाको शव ३५ घण्टापछि झाडीमा भेटियो । हत्या गरेर बोरामा गुलाब्सको शव लुकाइएको थियो ।
बालिका गुलाब्सा खातुनको हत्याको विरोधमा महोत्तरीको बर्दिबासमा गाउँलेहरु प्रदर्शनमा उत्रिएका थिए । उनको हत्यारालाई कडा कारवाहीको माग गर्दै भएको प्रदर्शनमा प्रहरी अन्धाधुन्द गोली चलाउँदा सञ्जय न्यौपानेको ज्यान गएको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *