TodayPati

सूचना प्रविधिको अधिकतम प्रयोग गर्न मुख्यमन्त्री राउतको निर्देशन

टुडेपाटी-
जनकपुरधाम, मंसिर २२ गते ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सूचना प्रविधिको अधिकतम र उचित प्रयोग गर्न कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ ।

प्रादेशिक सुशासन केन्द्र मुजेलियामा प्रदेश मातहतका कर्मचारीहरुको लागि आयोजित सुूचना संचार प्रविधि सम्बन्धित क्षमता अभिवृद्धि तालिमको समापन समारोहलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले सो निर्देशन दिनुभएको हो ।

आजको युग सूचना प्रवृद्धिको युगको रहेको उल्लेख गर्नु हुँदै उहाँले अबको समृद्धि र विकासका लागि सूचना प्रविधिको अधिकतम प्रयोग आवश्यक रहेको बताउनुभयो ।

Sponsored

कर्मचारीहरुको लागि अनुसाशन आवश्यक रहेको जिकिर गर्नु हुँदै उहाँले कर्मचारी तन्त्रमा अनुशासन कायम नभए सम्म विकास र समृद्धिको परिकल्पना समेत गर्न नसकिने उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव यम प्रसाद भुषालको अध्यक्षतामा भएको समापन समारोहमा प्रमुख सचिव अर्जुन प्रसाद पोखरेलले प्रदेशका कर्मचारीहरुलाई सूचना प्रविधिको क्षेत्रमा अब्बल बनाउने उद्देश्यका साथ तालिम आयोजना गरिएको र यसले भविष्यमा समेत निरन्तरता पाउने बताउनुभयो ।

कार्यक्रममा प्रादेशिक सुशासन केन्द्रका निर्देशक रुपेश कुमार साहले तालिमबाट प्राप्त उपलब्धी बारे प्रस्तुती गर्नु भएको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *