TodayPati

विवाहपञ्चमीको दोश्रो दिन जनकपुरमा फूलबारी लीला मनाइँदै

टुडेपाटी-
जनकपुरधाम, मंसिर ३० गते ।

जनकपुरमा सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन मंगलबार ‘फूलबारी लीला’ मनाइँदै छ ।

फूलबारी लीलामा राम र लक्ष्मणलाई पुष्पबाटिकामा घुमाउने गरिन्छ, जहाँ राम र जानकीको पहिलो भेट भएको थियो ।

Sponsored

मंगलबार दिउँसो जानकी मन्दिरको छेउमा रहेको विवाहमण्डपको फूलबारी राम र लक्ष्मणलाई अवलोकन गराई फूलबारी लीला मनाउने कार्यक्रम रहेको जानकी मन्दिरका महन्त रामतपेश्वर दास बैष्णवले जानकारी दिए । यस दिन राम र लक्ष्मणको स्वरुप बनाइएका बालबालिकालाई फूलबारीमा घुमाउने प्रचलन छ ।

त्रेता युगमा गुरु विश्वामित्रसहित धनुष यज्ञमा अयोध्यबाट मिथिलाको राजधानी जनकपुरधामा भाग लिन आएका राम र लक्ष्मण फूलबारीमा घुम्न जाँदा राम र सीताको नजर एक अर्कामाथि परेको किम्वदन्ती छ । त्यहिँ राम र जानकी एक–अर्काप्रति आकिर्षत भएको र सीताले आफूलाई रामजस्तै वर पाऊँ भनि कामना गरेको भन्ने मान्यता रहेको छ ।

यसअघि पहिलो दिन सोमबार राम र लक्ष्मणलाई नगरदर्शन गराइएको थियो ।

Sponsored

त्रेता युगामा भएको मर्यादा पुरुषोतम् भगवान राम र आदर्श नारी सीताको विवाहको स्मरणमा प्रत्येक वर्ष जनकपुरमा धुमधामसंग विवाहपञ्चमी पर्व मनाइन्छ । यस वर्ष मंसिर २९ गतेदेखि सुरु भएको रामजानी विवाहको काम पुस ५ गतेसम्म चल्ने छ ।

विवाह पञ्चमीको तेस्रो दिन भोलि पुस १ गते बुधबार धनुष यज्ञ, २ गते बिहीबार तिल्कोत्सव, ३ गते शुक्रबार राम र जानकीको मटकोर रहेको छ भने पुस ४ गते विवाहपञ्चमीको मुख्यदिन विवाह रहेको छ । पुस ५ गते रामकलेवा गरी विधिवत् रुपमा सीताराम विवाह पञ्चमी महोत्सव समापन हुनेछ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *