TodayPati

जन्तीलाई ५६ व्यञ्जन भोजन गराइ विदाई गर्दै सीताराम विवाहपञ्चमी सम्पन्न

टुडेपाटी-
जनकपुरधाम, पुस ५ गते ।

सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव रामकलेवा गरी आइतबार सम्पन्न भएको छ । आइतबार दिउँसो जानकी मन्दिर प्रांगणमा जन्तीका रुपमा रहेका शाधुशन्तलाई ५६ व्यञ्जन परिकार भोजन गराउँदै विदाई गरिएको हो ।


मिस्टान परिकार खुवाएर स्वागत गर्दै दक्षिण स्वरुप कपडा र रुपैयाँ पैसाँ दिँदै शाधुशन्त जन्तीलाई विदाई गर्ने विधिलाई रामकलेवा भनिन्छ ।

Sponsored

रामकलेवामा भगवानका स्वरुपमा बनाइएका बालबालिका राम, लक्ष्मण, भरत र सत्रुधनलाई ५६ व्यञ्जन भोजन गराउने गरिन्छ ।

रामकलेवा अव्लोकन गर्न जानकी मन्दिरमा व्यापक संख्यामा श्रद्धालुभक्तजनको उपस्थिति रहेको थियो । मैथिलानीहरुले जन्तीका रुपमा रहेका साधुशन्तलाई थरी थरीका गाली गीतले जिस्काउँदै स्वागत गर्ने प्रचलन छ ।

यससंगै मंसिर २९ गतेबाट प्रारम्भ भएको सीताराम विवाहपञ्चमी महोत्सव आइतार विधिवत सम्पन्न भएको छ ।

Sponsored


यसअघि शनिबार दिउँसो डोलाफेर गरी जनकपुरको बाह्रविघा मैदानमा सीता र रामको स्वयम्बर र राति जानकी मन्दिर प्रांगणमा बनाइएको विवाहमण्डपमा रातभर वैवाहिक कार्यक्रम भएको थियो ।


त्रेता युगमा राम र सीताको जनकपुरमा विवाह भएको स्मरणमा प्रत्येक वर्ष धुमधामका साथ सप्ताहव्यापी रुपमा सीताराम विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ ।

पहिलो दिन नगरदर्शन, दोश्रो दिन फुलबारी लिला, तेश्रो दिन धनुष यज्ञ, चौथो दिन तिल्कोत्सव, पाँचौ दिन मटकोर, छैटो दिन विवाहपञ्चमी र रातौदिन राम कलेवा गरी सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव सम्पन्न हुने गर्दछ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *