TodayPati

काँग्रेसले आज प्रदेश २ सहित देशभरका सबै वडामा प्रदर्शन गर्दै, आन्दोलनमा सबैलाई आउन आह्वान

टुडेपाटी

जनकपुरधाम, माघ ८ गते ।

नेपाली काँग्रेसले बिहीवार देशभरका सबै वडामा प्रदर्शन गर्ने भएको छ ।

Sponsored

प्रतिनिधि सभा विघटनविरुद्ध देशभरका ६ हजार ७४३ वडामा प्रदर्शन गर्ने कार्यक्रम तय भएको काँग्रेसले जनाएको छ ।

बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले विरोध प्रदर्शनमा सहभागी हुन सबैलाई अपिल गरेका छन ।

वडाको प्रदर्शनलाई पनि सक्रिय सहभागिता जनाएर सफल बनाउन सभापति देउवाले अपिल गरेका छन्।

Sponsored

प्रतिनिधि सभा विघटन संविधान र जनमत विरुद्ध भएकोमा कांग्रेस एकमत रहेको विज्ञप्तिमा उल्लेख छ।

‘संविधानमा भएको व्यवस्था प्रतिकूल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस एक मत छ’, विज्ञप्तिमा भनिएको छ, ‘पार्टीका सवै तहका साथीहरुसँगै समस्त लोकतन्त्रवादीमा भोलिको विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपिल गर्दछु।’

प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भन्दै कांग्रेसलले यसअघि पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेश सभा निर्वाचन क्षेत्र र माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *