TodayPati

प्रधानमन्त्री ओली मधेसको मैदानमा : जसपाका प्रभावशाली नेताहरुलाई नेकपा प्रवेश गराउने तयारी

टुडेपाटी-

जनकपुरधाम, माघ १९ गते ।

प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गरी दुई चरणमा प्रतिनिधिसभा निर्वाचनको घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षमा जनमत बटुल्न र चुनावमा विजयी हुन अनेक उपाय अपनाउन थालेका छन् ।

Sponsored

प्रधानमन्त्री ओलीले सबैभन्दा धेरै मतदाता रहेको प्रदेश २ मा पनि आफ्नो प्रभाव बढाउन पहल गरेका छन् ।

मधेसमा आफ्नो प्रभाव बढाउनका लागि काँग्रेस, जसपा तथा नेकपाकै प्रचण्ड–माधव समूहका नेता तथा कार्यकर्ता तान्न उनले अनेक ‘अफर’ दिएपनि खासै सफल हुन सकेका छैनन् ।

तर आफ्ना विश्वासपात्र लगायतका नेताहरुबाट सफलता नपाएपछि लामो समयपछि प्रधानमन्त्री ओली बालुवाटारबाट निस्केर देश दौडामा निस्केका छन् ।

Sponsored

पछिल्लो मधेस आन्दालेनताका विवादित अभिव्यक्तिहरु दिँदै मधेस विरोधी नेताको ट्याग लागेका ओलीले मधेसी जनता फकाउन प्रतिनिधिसभा विघटना पश्चात उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रभु साह, रघुवीर महासेठ लगायतका नेताहरुलाई प्रदेश २ मा आफ्नो पक्षमा माहौल बनाउन खटाएपनि असफल भएपछि प्रधानमन्त्री ओली आफै मधेस झरेका छन् ।

उनले आफ्नो पक्षमा माहौल तयार पार्न पछिल्लो समय खासगरी मधेसलाई प्राथमिकतामा राखेका छन् । आज उनी धनुषाको ढल्केवरस्थित देशकै ठूलो सब स्टेशन उदघाटनकालागि आउँदै छन् ।

त्यसपछि उनी हेमनारायण यादव स्मृतिसभालाई सम्बोधन गर्नका लागि प्रधानमन्त्री सिरहा जान लागेका हुन् । प्रदेश २ मा आफ्नो प्रभाव कमजोर भएको आँकलन गरेर नै उनी आफै सो क्षेत्रमा जान लागेको जानकारहरुको भनाइ छ ।

यसअघि ओली संगठनात्मक रुपमा आफ्नो पार्टी निकै कमजोर रहेको सुदूरपश्चिम प्रदेशमा पुगेका थिए । प्रदेश २ तत्कालीन माओवादीको बलियो प्रभाव रहेको क्षेत्र हो ।

हाल नेकपाको प्रचण्ड–माधव पक्षका एक अध्यक्ष माधवकुमार नेपालको गृहजिल्ला पनि प्रदेश २ मै पर्दछ । त्यसैले पनि ओलीले प्रदेश २ मा विशेष महत्त्व र नयाँ रणनीतिका साथ अघि बढ्न खोजेको उनी निकट स्रोत बताउँछ ।

नेकपाको प्रचण्ड–माधव पक्षले प्रदेश २ मा नेकपाको राजनीतिक विभाजनको खासै ठुलो असर नदेखिएको बताउँदै सिङ्गो नेकपाको ठुलो हिस्सा आफ्नो पक्षमा रहेको दावी गरेको छ ।

नेकपा स्रोतका अनुसार मधेसमा आफ्नो पक्षमा माहौल बनाउन जनता समाजवादीबाट रुष्ट भएका तथा नाम चलेका मधेसी नेताहरुलाई आफ्नो पार्टीमा प्रवेश गराउने तयारीमा छन् ।

प्रदेश २ का एक प्रभावशाली नेताहरुका अनुसार विघटित प्रतिनिधिसभाका सदस्यहरु उमाशंकर अरगरिया, प्रदिप यादव लगायतका प्रभावशाली नेताहरुलाई मन्त्री लगायतका पदको अफर दिँदै ओली आफ्नो खेमामा तान्ने प्रयास गरिरहेका छन् ।

संवैधानिक परिषदमा प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिट सुनुवाइको क्रममा रहेकाले ती नेताहरु निर्णय लिन नसकिरहेको बताइएको छ । ओलीसँगै जाने तिब्र चर्चा चलिरहेपनि जसपाका ती नेताहरुले भने मुख खोलेका छैनन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *