TodayPati

बटेश्वर गाउँपालिमा अख्तियारको छापा, अध्यक्ष राउत फरार, गाडी र चालक नियन्त्रणमा


टुडेपाटी-
जनकपुरधाम, फागुन १७ गते ।

बटेश्वर गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउत अख्तियारको घेरामा परेका छन् । गाउँपालिका अन्तर्गतको विकास निर्माणको काममा १० लाख रुपैयाँ कमिसन लिएको अारोपमा गाउँपालिका अध्यक्ष राउतलाई अख्तियारले सोमबार ४ बजेदेखि घेरा हालेको हो स्रोतले जनाएको छ ।

उनको गाडी र चालकलाई अख्तियारले नियन्त्रणमा लिएको बटेश्वर प्रहरीचोकीले जनाएको छ ।
अध्यक्ष राउत भने फरार छन् । उनको खोजी कार्य भइरहेको छ ।

Sponsored

अहिलेसम्म अख्तियारको टोलि सोहि ठाउँमा उनको खोजी कार्य भइरहेको छ । विकास निर्माणको काममा अध्यक्ष राउतले मोटो रकम कमिसन लिने गरेको व्यापक जनगुनासो छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *