TodayPati

ज्यानमारा रामजानकी हस्पिटलले फेरि लियो एक बिरामीको ज्यान, फँस्ने डरले मृत्युपछि रिफर

टुडेपाटी-
जनकपुरधाम, फागुन २० गते ।

जनकपुरको विवाह मण्डपको पछाडिमा जानकी मन्दिकै जग्गामा संचालित रामजानकी हस्पिटलले पुनः एक बिरामीको ज्यान लिएको छ । पैसा कमाउने चक्करमा सिकिस्त बिरामीलाई बाहिर रेफर नगरी यहि ठीक हुन्छ भन्दै हस्पिटलमै ज्यान लिएको हो ।

हस्पिटलको लापरवाहीले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १० गोपालपुरका २४ वर्षीय युवक सुदिप दास तत्माको ज्यान गएको हो । बुधबार राति मोटरसाईकल दुर्घटनामा परी गम्भीर घाइते भएका सुदीपलाई एक एम्बुलेन्स चालकले रामजानकी हस्पिटलमा पुर्याएको थियो ।

Sponsored

टाउको र शरीरमा गम्भीर चोट लागेका उनलाई हस्पिटलले यहिँ ठीक हुन्छ भन्दै परिवारजनलाई बाहिर लग्न दिएन । बिहीबार बिहान सुदीपको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु भएको परिवारजनलाई जानकारी गराए लफडा हुने डरले हस्पिटले ढाट्दै बिहीबार बिहान ९ बजे यहाँ उपचार सम्भव नभएकाले रेफर गरेर अन्य हस्पिटलमा पठाइदिएको मृतकका दाई विकरु दासले दुखेसो पोखे ।

’राति बिरामीको अवस्था ठीक छ, उपचारको लागि अन्यत्र कतै बाहिर लग्नु पर्दैन भन्यो । हामी पटक–पटक हेर्न खोज्दा हेर्न दिएन’ दाई विकरुले भने ‘बिहान हेर्नु भन्यो । तर बिहानै मरिसकेको भाइलाई अवस्था गम्भीर छ । यहा उपचार हुदैन । बाहिर उपचारको लागि लग्नु भनेर रेफर गरिदियो । अर्को हस्पिटलमा पुग्दा डाक्रले मृत्यु भइसकको छ भन्यो ।’

अस्पतालले पैसा लुट्ने चक्करमा लापरवाही गरी छोराको ज्यान लिएको बुबा हरिवंश दासले गुनासो गरे । ‘घाइते छोरालाई निर्दयी हस्पिटलले एकपटक हेर्न समेत दिएन । नत उपचारको लागि बाहिर लग्न दियो । मृत्यु भएपछि अस्पतालबाट निकालिदियो’ बुबा हरिबंशले दुखेसो पोख्दै भने ‘हस्पिटलबाला लुटेरा हुन् । पैसा कमाउन मेरो छोराको जीवनसंग खेलबाड गर्यो ।’
उनले छोराको ज्यान लिने रामजानकी हस्पिटललाई कारबाही हुनुपर्ने माग गरे ।

Sponsored

कयौं गम्भीर लापरवाहीको घटना, तर कारबाही शून्य, प्रशासनकै संरक्षण

रामजानकी हस्पिटलमा लापरवाहीले पटक पटक सर्वसाधारण बिरामीले अकालमै ज्यान गुमाउनु परेको छ । यसअघि गएको साउन २२ गते सोहि हस्पिटलमा चिकित्सकको गम्भिर लापरवाहीले गौशाला नगरपालिका–११ भरतपुर बस्ने २३ वर्षीया गंगादेवी महतोको मृत्यु भएको थियो । शल्यक्रिया गरी छोरी जन्माएकी गंगादेवीलाई ओ पोजेटिभ रगत चढाउनु पर्नेमा बी पोजेटिभ चढाउदा तत्कालै मृत्यु भएको थियो ।

सो घटना पश्चात अस्पतालले गुण्डा भिडाएर मृतक परिवारलाई धाकधम्की देखाउदै रातिको समयमा ५ लाख रुपैयामा घटना मिलाएको थियो । प्रशासनले दुईजना चिकित्सकलाई तत्कालै पक्राउ गरेपनि एकदिन पश्चात छोडेको थियो । हालसम्म उक्त घटनामा हस्पिटललाई प्रशासनले कुनै किसीमको कारबाही गरकेो छैन ।

त्यसअघि ५ साउन २०७५ मा पेट दुख्दा रामजानकी हस्पिटमै भर्ना भएका धनुषाको बटेश्वर गाउँपालिका ३ बस्ने ५२ वर्षका बिन्देश्वर ठाकुरको हस्पिटलकै लापरवाहीले मृत्यु भएको थियो ।
पैसा लुट्ने चक्करमा हस्पिटलमा भर्ना भएका ठाकुरको जथाभावी औषधि प्रयोगले मृत्यु भएपछि प्रशासनकै संरक्षणमा ५ लाख रुपैयाँ मृतक परिवारलाई दिएर उम्केको थियो ।

रामजानकी हस्पिटलमा यस्ता कयौं घटना हुदा पनि उसलाई कुनै फरक परेको छैन । प्रशासनकै संरक्षण स्वास्थ्योपचारको नाममा चर्को शुल्क लिएपनि बीरामीको जीवनसंग खेलबाड गर्नु र ज्यान लिनु रामजानकी हस्पिटलको धन्दा बनिसकेको छ ।

राजनीतिक शक्तिको आडमा हस्पिटलमा गुण्डा राखेर कुरुवालाई थर्काउने, त्यहा पुगिसकेका बिरामीलाई गम्भीर अवस्थामा पनि बाहिर लग्न नदिने, धम्काएर चर्को शुल्क असुल गर्ने कार्य गर्दै आउदा समेत प्रशासनको तर्फबाट कुनै प्रकारको कारबाही भएको छैन ।

रामजानकी हस्पिटसंग सम्बन्धित समाचारहरु :

सधैँ विवादमा जनकपुरको ‘ज्यानमारा’ रामजानकी अस्पताल, पावर र पैसाको आडमा लुट मच्चाउँदै

सुत्केरी मृत्यु प्रकरण : गुण्डा भिडाएर ५ लाखमै मिलायो घटना, छुटे डाक्टर, उठ्यो लास

सुत्केरी मृत्यु प्रकरण : रामजानकी हस्पिटलबाट २४ घण्टामा पनि उठेन शव

अर्कै ग्रुपको रगत चढाउँदा सुत्केरीको मृत्युपछि रामजानकी हस्पिटलका दुई डाक्टर पक्राउ

जनकपुरको रामजानकी अस्पतालमा ‘ओ’ पोजेटिभको साटो ‘बी’ पोजेटिभ रगत चढाउँदा सुत्केरीको मृत्यु

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *