TodayPati

सप्तरीमा १ वर्षपछि फरार बलात्कार आरोपी प्रहरीको फन्दामा

टुडेपाटी-
सप्तरी, फागुन २० गते ।

सप्तरीमा एक वर्षअघि भएको बलात्कार घटनाका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । सप्तरीको खडक नगरपालिका–७ कल्याणपुरका २५ वर्षीय एक युवकलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

एक २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा फरार उनलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सप्रीमा बुझाएको छ ।

Sponsored

उनीमाथि आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिए ।

आमासँगै जिल्ला प्रहरी कार्यालय पुग्नुभएकी पीडितले दिएको उजूरी जिल्ला प्रहरी कार्यालयले गत माघ ९ गते दर्ता गरेको थियो ।

खडक–६ स्थित पूर्वपश्चिम राजमार्गमा रहेको आँपका बगैँचामा विसं २०७६ फागुन १० गते आरोपितले बलात्कार गरेको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *