TodayPati

भोली विहानदेखि घरबाट निस्किन नपाइने, निस्किए १ महिना जेल

टुडेपाटी
काठमाडौँ, चैत १० गते ।

सरकारले भोलीबाट एक साता बाहिर निस्कन प्रतिबन्द्ध लगाएको छ । एक हप्तासम्म घरबाट बाहिर निस्किने व्यक्तिलाई जेल, जरिवाना वा दुबै हुनसक्ने बताइएको छ ।

सिंहदरबार बसेको उच्चस्तरीय समन्वयन समितिको बैठकले ११ गते बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्म घरबाट बाहिर निस्कन नपाउने निर्णय गरेको हो।

७७ वटै जिल्लामा लागू हुने उक्त निर्देशनको अवज्ञा गरेमा संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने उपप्रधानमन्त्री एवं समितिका संयोजक ईश्वर पोखरेलले चेतावनी दिए।

Sponsored

संक्रामक रोग ऐन २०२० अनुसार कुनै व्यक्तिले रोग फैलिएको अवस्थामा सरकारले जारी गरेको निर्देशनको अवज्ञा गरेमा एक महिनासम्म कैद वा सय रुपैयाँ जरिवाना हुने उल्लेख छ। ऐ

नको दफा ३ मा उल्लेख गरिएको छ, ‘यो ऐन वा यस ऐन अन्तर्गत दिइएको आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर १ महिनासम्म कैद वा १००।– सम्म जरिबाना वा दुवै सजाय हुनेछ।’

काठमाडौँमा कोरोना संक्रमणको बिरामी भेटिएपछि सरकारले लक डाउन गर्ने निर्णय गरेको हो। निर्णयको पालना गराउने जिम्मा समितिले प्रमुख जिल्ला अधिकारीलाई दिएको छ।

Sponsored

त्यस्तै समितिले सवारी साधान चलाउन पनि पूर्ण रुपमा निषेध गर्ने निर्णय गरेको छ। तर अत्याआवश्यक सवारी साधान भने चल्न पाउनेछन्। एम्बुलेन्स, पानी, दूध औषधिका सवारी साधनलाई भने रोकिने छैन

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *