TodayPati

प्रदेश २ मा डिआइजी रहिसकेका पाल सहित यी तीन डिआइजी भए एआइजी

टुडेपाटी
काठमाडौँ, चैत १२ गते ।

सरकारले प्रदेश २ मा डिआइजी भइ कार्य कुशलता हासिल गरेका हरिबहादुर पाल सहित तीन जना प्रहरी नायब महानिरीक्षकलाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको छ।

डीआईजीहरु तारिणी लम्साल र शैलेश थापा समेत एआईजीमा बढुवा भएका हुन्।

गत फागुन १५ गते बढुवा सिफारिस समितिले सिफारिस गरे पनि मन्त्रिपरिषद् बैठकले निर्णय गर्न सकेको थिएन।

Sponsored

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजी बढुवाको निर्णय गरेको हो। बढुवासँगै लम्सालले प्रहरी प्रशिक्षण प्रतिष्ठान, थापाले मानव श्रोत तथा प्रशासन र पालले अपराध अनुसन्धान तथा कार्य विभागको जिम्मेवारी पाएका छन्।

हाल थापा प्रहरी प्रवक्ताको भूमिकामा छन् भने, लम्साल सूदुरपश्चिम प्रदेश प्रमुख र पाल विशेष ब्युरोमा कार्यरत छन्।

पहिलो नम्बरमा बढुवा भएका लम्साल आईजीपी ठाकुरप्रसाद ज्ञवालीसँगै असार २४ गते अवकाश पाउँदैछन्। त्यसपछि थापा र पालमध्ये एक जनाले प्रहरी प्रमुखको जिम्मेवारी पाउने छन्।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *