TodayPati

जनकपुरमा लकडाउन अवज्ञा गर्ने ६६ जना पक्राउ, सय–सय रुपियाँ जरिवाना गरी रिहा

टुडेपाटी-
जनकपुरधाम, चैत १३ गते ।

कोरोना भाइरसको संक्रमण रोक्न नेपाल सरकारले गरेको लकडाउनको अवज्ञा गर्ने ६६ जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । लकडाउनको तेश्रो दिन बिहीबार जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म पक्राउ परेका ६६ जनलाई जिल्ला सुरक्षा समिति धनुषाको निर्णय अनुसार जनही एक सय रुपैयाँ जरिवाना गरी साँझमा छाडिएको जनाएको छ ।

Sponsored

यस्तै लकडाउनको अवज्ञा गर्ने २३ वटा सवारीसधान पनि बिहीबार नियन्त्रणमा लिएको छ । ती सवारीसानहरुलाई लकडाउन पश्चत आवश्यक कारबाही गरेर छाडिने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *