TodayPati

नेपालमा अर्की युवतीमा कोरोना संक्रमण

टुडेपाटी-
काठमाडौं, चैत १५ गते ।

नेपालमा बेल्जियमबाट कतार हुँदै आएकी अर्की युवतीमा कोरोना संक्रमण फेला परेको छ । शनिबार बेल्जियमबाट कतार हुँदै नेपाल आएकी बागलुङकी २२ वर्षीया युवतीमा कोरोना संक्रमण भेटिएको हो ।
ती युवतीसंगै नेपालमा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमण भएको दोस्रो र पाँचौ व्यक्ति कतार एयरवेजकै एउटै विमान चढेर चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएका हुन् । त्यही विमानमा आएकी काठमाडौंकी १९ वर्षकी युवतीमा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य मन्त्रालयले चैत १० गते घोषणा गरेको थियो ।

त्यसपछि विमानमा सवार १५८ यात्रुको खोजी थालिएको थियो । त्यसक्रममा बागलुङ नगरपालिकामा रहेको युवतीलाई पनि धौलागिरी अस्पतालमा नमुना संकलन गरिएको थियो ।
नमुना संकलनपछि उनलाई अस्पतालमै बस्न भनिएको, तर आफ्नै घरमा बसेको उच्च स्रोतले बताएको छ । कोरोना संक्रमण भएको पुष्टि भएकी ती युवतीलाई सुरक्षित रुपमा काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

Sponsored

यसअघि शुक्रबार धनगढीमा चौथो कोरोना संक्रमित ३४ वर्षीय पुरुष फेला परेका थिए । दुबईबाट आएका ती पुरुषको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहेको छ । कोरोना संक्रमण भएको पहिलो र दोश्रो व्यक्तिमा पछिल्लो पटक जाँच गर्दा कोरोना संक्रमण रिपोर्ट निगेटिभ देखाएको छ । दुवैजनालाई उपचार पश्चात डिस्चार्ज गरेर होम क्वारेन्टाइनमा राखिएको छ ।


Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *