TodayPati

कोरोना रोकथामका लागि सोनमा गाउँपालिकाले गरे एक करोडको कोष स्थापना

टुडेपाटी-

महोत्तरी, चैत १७ गते ।

कोरोनाविरुद्ध लड्न महोत्तरीको सोनमा गाउँपालिकाले एक करोडको कोष स्थापना गरेको छ ।

Sponsored

गाउँपालिकामा कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि एक करोडको कोष स्थापना गरिएको गाउँपालिका अध्यक्ष राजकुमार यादवले जानकारी दिए ।

गाउँपालिकाको प्रत्येक वडामा कोरोना भाइरससम्बन्धी जनचेतना फैलाउने काम भइरहेको, जनप्रतिनिधिहरु गाउँगाउँमा घुमिरहेको तथा स्थानीय बासिन्दालाई कोरोनाको सङ्क्रमणबाट बच्न र बचाउनका लागि आवश्यक सरसल्लाह दिइरहेको अध्यक्ष यादवले बताए ।

त्यसैगरी, सोनमा गाउँपालिकाको क्षेत्रभित्र कसैलाई कोरोना भाइरसको सङ्क्रमण वा लक्षण देखिएका बिरामीलाई वडा नं.३ स्थित खखना माध्यमिक विद्यालयमा ५० बेडको क्वारेन्टाइन समेत निर्माण गरिएको अध्यक्ष यादवको भनाइ छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *