TodayPati

सिरहा र सप्तरीका सबै नाका सिल, वीरगञ्जबाट ४० भारतीय पक्राउ

काठमाडौं, वैशाख १२ गते ।

उदयपुरमा कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि भारतसँग जोडिएका प्रदेश नम्बर २ का सिरहा र सप्तरीका सीमा(नाका सिल गरिएको छ ।

यो प्रदेशका ८ जिल्ला भारतीय सीमासँग जोडिएका छन् । ४ सय २८ किलोमिटर लामो सीमा क्षेत्रमा ३ सय २९ चेक प्वाइन्ट राखिएका छन् ।

Sponsored

खुला सीमाका कारण भारतबाट लुकीछिपी नेपाल प्रवेश गर्ने क्रम बढेपछि प्रहरीले सीमा(नाकामा चेक प्वाइन्ट स्थापना गरी निगरानी बढाएको हो ।

यसैबीच भारत फर्किन लागेका ४० भारतीयलाई पर्सा प्रहरीले वीरगन्जबाट नियन्त्रणमा लिएको छ। पर्साका अलौ, सिर्सिया र वीरगञ्ज भन्सार क्षेत्रबाट ती भारतीयलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा स्थापना गरिएको क्वारेन्टिनमा राखिएको छ । अहिले त्यहाँ रहेका १ सय २४ भारतीयलाई ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले निःशुल्क खानेरबस्ने व्यवस्था गरिरहेको अध्यक्ष प्रकाश खेतानले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *