TodayPati

दुई तिहाइको सरकारले दुई कौडीको काम पनि गरेन : राजेन्द्र महतो

टुडेपाटी-
काठमाडौँ, वैशाख २५ गते ।

जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले दुई तिहाइको सरकारले दुई वर्षको अवधिमा दुई कौडीको पनि काम नगरेको आरोप लगाएका छन्।

प्रतिनिधि सभाको छैंठौ अधिवेशसनको पहिलो बैठकमा बोल्दै नेता महतोले संसदको पहिलो अधिवेशनमा दुई तिहाइको सरकारले देशमा समृद्धि ल्याउला, संविधानले पूर्णता पाउला, सबै क्षेत्रका जनताले अधिकार पाउलान् भन्ने सोचेर आफूहरू खुशी भए पनि दुई वर्ष पुग्दा त्यसमा कुनै काम नभएको आरोप लगाए।

Sponsored

यसबीचमा सरकारले तमाम नराम्रा काम गरे पनि आज आफूले ती कुनै पनि विषय संसदमा नउठाउने बताउँदै आफ्नो एउटा मात्र माग भएको बताए।

“सरकार जनतालाई जोगाउ। यो कोरोनाको महामारीको संकटबाट जनतालाई जोगाउ आज मेरो यति मात्र माग छ”, उनले भने।

जनता संकटमा परेका बेला सरकारले पार्टी फुटाउने र आफ्नो कुर्सी जोगाउने अध्यादेशमा लागेको महतोको भनाई थियो।

Sponsored

“संकटमा परेका जनतालाई सहयोग हुने गरी कुनै सरप्राइज प्याकेज आउला भन्ने हामीले सोचेका थियौं,” उनले भने, “तर, सरकारले त कुर्सी जोगाउने धन्धामा पार्टी फुटाउने अध्यादेश लिएर सांसद अपहरण गराउने सरप्राइज दियो। हामीले पनि रातारात मिलेर सरप्राइज दियौं।”

यस्तै संकटको बेला जनताले सरकारबाट सुरक्षा खोजेको बताउँदै उनले भने, “यस्तै बेलामा काम नलागेपछि सरकार कहिले, किन चाहिन्छ र ?”

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *