TodayPati

अर्को वर्ष कोरोना संक्रमण दोब्बर हुन सक्छ : ट्रम्प

एजेन्सी-

जनकपुरधाम, वैशाख २७ गते ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भ्याक्सिन बिना पनि कोरोना भाइरस नियन्त्रणमा आउने दाबी गरेका छन् ।

Sponsored

तर, उनले यो दाबीको कुनै वैज्ञानिक आधार भने दिएनन् । अमेकिरी कंग्रेसका सदस्यहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

बीबीसीका अनुसार राष्ट्रपति ट्रम्पले अर्को वर्ष कोरोना संक्रमण दोब्बर हुन सक्ने चेतावनी पनि दिएका छन् ।

यसैबीच, अमेरिकी उपराष्ट्रपति माइक पेन्सकी प्रेस सचिव केटी मिलरलाई कोरोना भाइरसको संक्रमण भएको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । एक दिन अगाडिमात्र ट्रम्पका एक व्यक्तिगत सहयोगीलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

Sponsored

रोयटर्सको पछिल्लो तथ्यांक अनुसार ७७ हजार भन्दा बढी अमेरिकीले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् भने १२ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *