TodayPati

सप्तरीमा करेन्ट लागेर तीनजनाको ज्यान गयो

रासस-

सप्तरी, जेठ ८ गते ।

सप्तरीको बोदे बर्साइन नगरपालिकामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

Sponsored

बत्ती बाल्ने क्रममा बोदे बर्साइन–९ की ४० वर्षीया मिरकुन सदाको बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते उनको उपचारका लागि बोदे बसाईन–५ स्थित जीवन दीप अस्पताल ल्याउने क्रममा मृत्यु भएको परिवारले बताएको छ ।

गत तीन दिनको अवधिमा यहाँ तीनजनाको करेन्ट लागेर मृत्यु भएको छ । यसअघि डाक्नेश्वरी तथा खडक नगरपालिकामा एक÷एकजनाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

सप्तरीकै डाक्नेश्वरी नगरपालिका–१० मा ३५ वर्षीय रञ्जितकुमार साह र खडक नगरपालिका–३ बस्ने २२ वर्षीया बबिताकुमारी मण्डलको करेन्ट लागेर मृत्यु भएको हो ।

Sponsored

घरमा मोटर जडान गर्ने क्रममा साहलाई करेन्ट लागेको थियो भने खेतमा घाँस काटिरहेका बेला मण्डललाई करेन्ट लागेको थियो । 

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *