TodayPati

सहयोगी विकास बैँकले आफ्ना सबै कर्मचारीको कोरोना विमा गराए

टुडेपाटी
जनकपुरधाम, जेठ ८ गते ।

सयहोगी विकास बैँकले आफ्ना सबै कर्मचारीको कोरोना विमा गरिदिएको छ ।

जनकपुरमा अवस्थित केन्द्रीय कार्यालय सहित बैँकको १४ वटै शाखाकार्यालयमा कार्यरत आफ्ना सम्पुर्ण कर्मचारीहरुको कोरोना बीमा गराएको हो ।

Sponsored

देश लकडाउनमा रहेको अवस्थामा समेत यस बैंकले दिनहुँ शाखाहरु सञ्चालन गर्दै आफ्नो ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

ग्रामिण भेगमा शाखाहरु स्थापना गरेको कारणले सेवाग्राहीहरुको उपस्थिती उल्लेख्य हुने
गरेको हुँदा कर्मचारीहरुमा कोरोना भाइरस सर्न सक्ने सम्भावनालाई ध्यानमा राखी कर्मचारीहरुको मनोवल उच्च राख्न संभावीत जोखिमको रक्षावरणका लागी जनही कर्मचारी रु. १ लाख बराबरको
सामुहिक कोरोना बीमा गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर खडकाले जानकारी दिए ।

कोरोना बीमाका लागि सहयोगी विकास बैंक र प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनीबीच सम्झौता भएको छ ।

Sponsored

सम्झौता अनुसार बैंकमा कार्यरत कुनै पनि कर्मचारीहरुमा कोरोना भाईरसको परिक्षण गर्दा पिसिआर पोजेटिभ आएमा इन्स्योरेन्स कम्पनीले तोकिए बमोजिमको रकम क्षतिपूर्ति वापत उपलव्ध गराउने छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *