TodayPati

विद्यार्थी नेता यादवको समन्वयमा हरिपुर्वा नपामा स्वास्थ्य सामग्री

टुडेपाटी-
जनकपुरधाम, असार ३ गते ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण स्वास्थ्यकर्मीहरु प्रभावित भईरहेको अवस्थालाई मध्यनजर गर्दै उनीहरुका लागि सुरक्षा सामग्री प्रदान गरिएको छ ।

बुधवार सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिकाका विभिन्न स्वास्थ्यचौकी तथा क्वारेन्टाइनहरुमा समाजवादी विद्यार्थी युनियनका केन्द्रिय सदस्य समेत रहेका मधेश प्रदेश समितिका कोषाध्यक्ष सुरेन्द्र कुमार यादवको समन्वयमा स्वास्थ्य सामग्रीहरु उपलब्ध गराईएको हो ।

Sponsored

दिनानुदिन संक्रमितको संख्या बढ्दै गएको र क्वारेन्टाइनहरुमा खटिएको स्वास्थकर्मीहरु समेत संक्रमणमा पर्दै गएको देखेर उनीहरुको सुरक्षाको निम्ति विभिन्न सामग्रीहरु बाँडिएको कोषाध्यक्ष यादवले बताए ।

ति ठाउँहरुमा भि.टि.एम कीट १७८ थान,पीपीई सेट ७० थान,एन–९५ मास्क,हेयर कभर,शुज कभर,ग्लोब्स,गाउन,चश्मा,फेससिल्ड,सर्जिकल मास्क १ हजार ३ सय थान,सेनिटाइजर २० लिटर,गम बुट ५ जोडा,ग्लब्स २ सय पिस लगायतका सुरक्षा सामग्रीहरु हरिपुर्वा नगरपालिकाका मेयर सियाराम रायलाई उपलब्ध गराइएको हो ।

सुरक्षा सामग्री वितरण कार्यक्रममा वडा नम्बर–६ का अध्यक्ष दिनेश यादव,स्वास्थ्य संयोजक रामएकवाल यादव,डा.विरेन्द्र अधिकारी,स्थानीय युवा सुवोध यादव, गगनदेब यादव,राकेश यादव,नितेश चौधरी लगायतका युवाहरुको समेत उपस्थिति रहेको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *