TodayPati

सिरहामा अवैध सुर्ती र रक्सी बरामद

टुडेपाटी-
सिरहा, फागुन ३ गते ।

सिरहामा भन्सार छली गरी ल्याउँदै गरेको सुर्ती र रक्सी बरामद भएको छ ।
शुक्रबार सिरहाको औरही गाउँपालिका–१ कुण्डलपुरस्थित भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको २० किलो सुर्ती अन्दाजी १२ हजार ८ सय बराबरको सुर्ती बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रहरी चौकी हर्कट्टी सिरहाबाट खटेको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा उक्त सुर्ती बरामद भएको छ भने सुर्ती नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी भन्सार कार्यालय ठाडी सिरहामा बुझाएको सिरहा प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

त्यसैगरी, सिरहाको सिरहा नगरपालका–१७ स्थित नेपालबाट भारत तर्फ लैजादै गरेको गोल्डेन ओके ४६ पिस र ईमेज रक्सी १४ पिस सिरहा प्रहरीले बरामद गरेको छ ।

Sponsored

शुक्रबार ईलाका प्रहरी कार्यालय माडरबाट खटेको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा ८ हजार ५ सय बराबरको रक्सी नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी भन्सार कार्यालय माडरमा बुझाएको प्रहरी नायव उपरीक्षक घिमिरे बताए ।

सिरहा प्रहरीले शुक्रबार मात्रै २१ हजार ३ सय बराबरको भन्सार छली समानको राजश्व संकलन गरेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *