TodayPati

जनकपुर–जयनगर रेल : सञ्चालन नहुँदै धारासायी बन्दै तयारी पूर्वाधार (फोटो फिचर)

शैलेन्द्र क्रान्ति-
जनकपुरधाम, साउन ९ गते ।

जनकपुर जयनगर रेल संचालन नहुँदै नवनिर्मित पूर्वाधारहरु धारासायी हुँदै गएको छ । रेल सञ्चालनका लागि पूर्ण रुपमा तयार जयनगरदेखि जनकपुरको कुर्था स्टेशनसम्मको संरचनामा तोडफोड, चोरी जस्ता गतिविधि बढेको हो ।

संरक्षण अभावमा जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थामा निर्माण गरिएको रेल्वे स्टेशन (जक्सन)मा संरचनाहरुमा तोडफोड, चोरीको घटना भइरहेको छ । त्यति मात्र होइन नवनिर्मित भवनहरु चर्किनुका साथै समान्य वर्षामा चुहिन समेत थालेको छ ।

Sponsored

सम्बन्धीत निकायले संरक्षणमा ध्यान नदिँदा गौरवका योजना भनिएका नेपालको एक मात्र रेल्वे सेवाको संरचना चोरी, तोडफोड गरी धारासायी बन्दै गएको कुर्थाका स्थानीय व्यवसायी गुनासो गरे ।

कुर्था स्टेशनमा बस्न बनाइएको ठाउँ, विद्युत जडान गर्ने बोर्ड, सिँढीमा प्रयोग गरिएको मार्वलहरु तोडफोड गरिएको पाइएको छ । खेलकुद गर्न गएका बालबालिका तथा लागुऔषध गाँजा, ड्रग्स सेवन गर्न गएका युवाहरुको समुहले संचरनामा क्षति पुर्याउने गरेको स्थानीयको भनाइ छ ।

‘समयमा रेल चलेन । अर्बौ रुपैयाँ लगाएर बनाएको संरचना संरक्षण अभावमा तोडफोड, चोरी र धारासायी हुँदै छ । यसको संरक्षण गर्नु सरकारको दायित्व हो की होइन ?’ प्रश्न गर्दै उनले भने ‘ मैले यसको विषयमा प्रमुख जिल्ला अधिकारीदेखि लिएर स्थानीय राजनीतिक दलका नेताहरुलाई पनि ध्यानाकर्षण गराए । तर कसैले वास्तै गरेनन् । यस्तो ठूलो योजनामा १।२ जना कर्मचारी संरक्षण र रेखदेख गर्न सरकारले राख्न सक्दैन । यो सरकारकै लापरवाहीको परिणाम हो ।’

Sponsored

त्यति मात्र होइन जयनगरदेखि जनकपुरको कुर्थासम्म निर्माण गरेको रेल्वे लिक, भौतिक संरचनाबाट चोरी हुने तोडफोड गर्ने क्रम बढेको छ । अहिलेसम्म ८ हजारभन्दा बढी लिकमा प्रयोग हुने फलामे क्लिप समेत चोरी भएको रेल्वे विभागले महानिर्देशक बलराम मिश्र कै भनाइ छ ।

रेल संचालनको निम्ति भारत सरकारको सहयोगमा निर्माण भइरहेको भौतिक पूर्वाधार तथा रेल्वे लिक निर्माणको ठेक्का भारतीय इर्कन इन्टरनेसनल कम्पनीले लिएको छ ।
रेल्वे संचालनको लागि नवनिर्मित तथा निर्माणको चरणमा रहेको संरचनाहरु तोडफोड, चोरी तथा धारासायी विषयमा रेल्वे विभाग समेत चिन्तित छ । तर निर्माण कम्पलीले विधिवत सरकारलाई हस्तान्तरण नगरेको कारण आफुहरु प्रत्यक्ष संरक्षण गर्न नसकेको महानिर्देशक मिश्रले बताए ।


‘संरचनामा चोरी, तोडफोड ज स्ता घटनाले हामी पनि चिन्तित छौं । तर निर्माण कम्पनीले हामीलाई हस्तान्तरण गगरेको छैन । त्यसैले त्यसको रेखदेख र संरक्षणको दायित्व उसैको हो’, महानिर्देशक मिश्रले भने ‘निर्माण कम्पनीले विधिवत हस्तान्तरण गर्ने बेला हामी पूर्ण रुपमा चुस्तदुरुस्त संरचना लिन्छौं । तथापी अहिले भइरहेको तोडफोड, चोरी जस्ता गतिविधिको विषयमा जानकारी हुने बितिकै पहलकदमी लिने गरेका छौं ।’
उनले निर्माण भइरहेको यस्तो ठूलो योजनाको संरक्षण सम्बद्र्धन गर्नु सबैको दायित्व भएपनि केहि व्यक्तिहरुले यसको महत्व नबुझेर त्यस्ता कार्यमा लागेको प्रतिक्रिया दिए ।
यधपि अगामी मंसिरदेखि रेल सेवा सञ्चालन गर्ने तयारीमा रहेको रेल्वे सेवा विभागका महानिर्देशक बलबार मिश्रले जानकारी दिए । बन्दाबन्दीले समयमै रेल संचालन गर्न नसकेको उनको भनाइ छ ।

पहिलो चरणमा भारतको कुर्थादेखि जनकपुरसम्म ३५ किलोमिटर रेल सञ्चालनको निम्ति सम्पूर्ण संरचना तयारी अवस्थामा छ । दोश्रो चरणमा चल्ने भनिएको जनकपुरको कुर्थादेखि भंगहासम्म १७ किलोमिटरमा लिक बिछ्याउने, लिकमा कालो गिट्टी राख्ने तथा भौतिक संरचाना निर्माणको काम युद्धस्तरमा भइरहेको विभागले जनाएको छ । अब पहिलो चरणमै भारतको जयनगरदेखि कुर्थासम्म रेल सेवा सञ्चालन गर्ने विभागको तयारी रहेको जनाएको छ ।

This image has an empty alt attribute; its file name is Rel-4-1024x472.jpg

दुईवर्षदेखि रेल संचालन हुने पटक पटक सरकारले भने पनि अहिलेसम्म संचालनमा आउन सकेको छैन । कर्मचारी भर्ना प्रक्रियाले अझै पनि रेल कहिलेसम्म चल्ने भन्ने टुंगो छैन । यधपि अगामी मंसिरको विवाहपञ्चमीदेखि रेल संचालन गर्ने तयारी रहेको महानिर्देशक झाले बताए ।

सरकारले भारतको जयनगरदेखि महोत्तरीको बर्दिबाससम्म संचालन गर्न दुईवटा रेल सेट समेत भारतबाट खरिद गरेर भारत बिहारको पटनामा राखेको छ । केहि दिनभित्र उक्त दुईसेट रेल जयनगर ल्याएर सुरक्षित साथ राख्ने रेल्वे विभागले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *