TodayPati

सप्तरीमा खेतबाट नहरमा पानी निकाल्ने विषयमा विवाद हुँदा ५ जना घाइते

शुभ नारायण यादव-
सप्तरी, साउन २४ गते ।

सप्तरीको राजगढ गाउँपालिका ३ को अन्धरी टोलमा खेतबाट सार्वजनिक नहरमा पानी निकाल्ने विषयमा विवाद हुँदा ५ जना घाइते भएका छन् ।
धानवाली गल्न लाग्दा स्थानीय बासिन्दाहरुले सार्वजनिक नहरमा आ–आफ्ना खेतबाट पानी निकाल्ने विषयमा विवाद भएको हो ।

स्थानीय देव नारायण यादव, संतोष मंडल, हरेराम यादव, उमेश कुमार मंडल, श्याम प्रसाद मंडल, सुरज मंडलको समुहले खेतको पानी सार्वजनिक नहरमा निकाल्ने क्रममा अर्को पक्ष आनन्द लाल यादव, सुरज नारायण यादव (सुरजा), हरेराम यादव, दिपेन्द्र यादव, र हरेराम यादवको छोरा सहितको समुहले उनीहरु माथी कुटपिट गर्दा घाइते भएको पीडितहरु बताएका छन् ।

Sponsored

घाइतेहरुको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचार भइरहेका छन् । यता घाइते मध्ये देवनारायण यादव र संतोष मंडलको अवस्था गम्भिर भएकाले उपचारका लागि विराटनगरको न्युरो अस्पताल लगेका छन् । घटनाको आवशयक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *