TodayPati

महोत्तरीमा करेन्ट लागेर एक पुरुषको मृत्यु

टुडेपाटी-
महोत्तरी, मंसिर १० गते ।

महोत्तरीमा करेन्ट लागेर ४१ वर्षीय पुरुषको मृत्यु भएको छ । भंगाहा नगरपालिका–९ पथलैया बस्ने ४१ वर्षीय रामनारायण साहको मृत्यु भएको हो ।

मंगलबार राति भंगाहा नगरपालिका–४ काउली खेतमा लगाएको विद्युतीय तारको घेरामा पर्न जाँदा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

Sponsored

सोही स्थान भएर हिँड्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनलाई उपचारका लागि शुभस्वस्तिक अस्पताल बर्दिबासतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *