TodayPati

आज कक्षा १२ को नतिजा प्रकाशन हुँदै, १० बजे परिक्षा बोर्डले बैठक बोलायो

टुडेपाटी-

जनकपुरधाम, माघ १९ गते ।

सोमबार कक्षा १२ को नतिजा सार्वजनिक हुने भएको छ ।

Sponsored

राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्नका लागि बिहान १० बजे बोर्ड बैठक बोलाइएको छ ।

कोरोनाभाइरस महामारीका कारण गत मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा सञ्चालन भएको थियो ।

शिक्षकले जथाभावी प्राप्तांक पठाउँदा कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ भएको थियो ।

Sponsored

कार्यविधिमा तोकिएको सिस्टममा परीक्षा केन्द्रहरुबाट नम्बर नआउँदा लक्ष्यअनुसार नतिजा सार्वजनिक गर्न नसकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको थियो ।

बोर्डले यस वर्ष कक्षा १२ मा ४० प्रतिशत पूर्णांकको मात्र परीक्षा लिएको थियो ।

४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाको आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकन गरिएको छ ।

परीक्षामा देशभरबाट चार लाख ३३ हजार दुई सय परीक्षार्थीले सहभागी हुन आवेदन दिएका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *