TodayPati

प्रदेश २ : स्रोत नखुलेको ४९ लाख रुपैयाँसहित २ भारतीय नागरिक पक्राउ

टुडेपाटी-
बारा, माघ २५ गते ।

बारामा स्रोत नखुलेको ४९ लाख नेपाली रुपैयाँसहित २ जना पक्राउ परेका छन् ।

बाराको फेटा गाउँपालिका ५ जोतपुरमा चेकजाँचको क्रममा उक्त रकम बरामद भएको बाराका प्रहरी प्रबक्ता एवम् प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

Sponsored

बाराको जोतपुरस्थित दशगजा क्षेत्रमा बिआर ०५ वाई ६५१७ नम्बरको भारतीय मोटरसाइकलमा नेपाल आउँदै गरेका मोटरसाइकल चालक भारत बिहारको मोतिहारी ग्राम पञ्चायत हरपुर घोडासहन बस्ने २६ वर्षीय अरविन्द महतो र पछाडी बस्ने १४ वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको उनले बताए ।

उनिहरुको साथबाट १ हजार दरको १ हजार २ सय २३ थान, ५ सय दरको ५ हजार ७ सय ४ थान, १ सय दरको १२ सय थान र ५० दरको १ सय थान गरी जम्मा ४९ लाख रुपैयाँ बरामद भएको छ ।

पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *