TodayPati

जनकपुरमा डेराबाटै फेरि पल्सर मोटरसाइकल चोरी

टुडेपाटी

जनकपुरधाम, फागुन २५ गते ।

जनकपुरमा आफ्नो डेरामै राखिएको अवस्थामा एक मोटरसाइकल चोरी भएको छ ।

Sponsored

जनकपुरधाम उपमहानगरपालिका–९ स्थित संकटमोचन मन्दिर छेउमै रहेको एक घरबाट पल्सर २ सय २० सिसीको मोटरसाइकल चोरी भएको हो ।

प्रदेश ०२–०२ प २१२१ नम्बरको मोटरसाइकल गएराति डेरामै राखिएको अवस्थाबाट चोरी भएको सवारीधनी महोत्तरीको भंगहा नगरपालिका–९ का रवि यादवले जानकारी दिए ।

‘विहान उठेर बाहिरिँदा मोटरसाइकल नदेखेपछि होसै उड्यो । जबकी हेल्मेट र साँचो कोठामै छ,’ उनले भने ।

Sponsored

मोटरसाइकल चोरी भएको विषयमा निवेदन लिएर जिल्ला प्रहरी कार्यालय धनुषा जान लागेको उनले बताए ।

केहीदिनअघि जनकपुरबाटै पत्रकार राजकमल सिंहको पल्सर २ सय २० सिसिकै मोटरसाइकल समेत चोरी भएको थियो ।

तर हालसम्म भेटेको छैन् । पछिल्लो समय जनकपुरमा मोटरसाइकल चोरी बढेको छ ।

केहीदिन अघि धनुषा प्रहरीले मोटरसाइकल चोरको एक गिरोहलाई पक्राउ गरेपनि चोरी नियन्त्रण हुन सकेको छैन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *