TodayPati

प्रदेश २ : १५ किलो गाँजा, रुपैँया र टेम्पो सहित तीन जना प्रहरीको फन्दामा

टुडेपाटी-

सर्लाही, चैत ९ गते ।

सर्लाहीबाट १५ किलो लागुऔषध गाँजासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

Sponsored

लालबन्दी नगरपालिका–१७ स्थित रानीगन्जबाट ज १ ह ४६०९ नं.को अटोमा सवार तीन जनालाई गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा स्थानीय अटो चालक ४५ वर्षीय पुस्पबहादुर फुयाँल, ४० वर्षीय सुरेन्ऽकुमार बल र वडानम्बर १४ निवासी ४१ वर्षीय पाल्साङ पाख्रिङ छन् ।

अटोमा राखिएको तीनवटा जेब्रा झोलाभित्र १५ किलो गाँजा बरामद भएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

पक्राउ परेका बलको साथबाट नगद २५ हजारसमेत बरामद भएको उनले बताए ।

Sponsored

अटो, गाँजासहित तीनैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *