TodayPati

सीमा क्षेत्रमा निकासी तथा पैठारीको अनुगमन गर्न संसदीय उपसमिति गठन

टुडेपाटी-
जनकपुरधाम, चैत ११ गते ।

प्रदेश– २ का जिल्लाहरुको नेपाल भारत सीम क्षेत्रमा हुने निकासी पैठारी अनुगमनका लागि संसदीय उपसमिति गठन भएको छ ।

प्रदेशसभा सदस्य अशोककुमार यादवको संयोजकत्वमा ६ सदस्यीय उपसमिति गठन भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

Sponsored

बुधबार बसेको प्रदेश मामिला समितिको बैठकले उपसमिति गठन गरेको हो ।
उपसमितिमा प्रदेशसभा सदस्यहरू रामसरोज यादव, जगतारण देवी, रमेशकुमार पटेल, रीना यादव र सावित्री देवी साह सदस्य रहेका छन् ।

नेपाल–भारतका सीमाक्षेत्रमा सरसामान निकासी तथा पैठारीको क्रममा जनता तथा व्यापारीले खेप्नु परेको समस्या बुझेर सामाधानको उपाय निकाल्न समितिले अनुगमन गर्ने छ । चैत १३ गतेदेखि पर्साबाट अनुगमन थाल्ने समितिले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *