TodayPati

आफ्नै गापाका प्रशासकीय अधिकृतलाई गोली हान्ने धम्की दिने कास पक्राउ

टुडेपाटी-
बारा, असार ३ गते ।

बारामा प्रमुख प्रशासकीय अधिकृतलाई गोली हान्ने धम्की दिने एकजना पक्राउ परेका छन् । बाराका सुवर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीनकुमार श्रीवास्तवलाई चन्दा माग्दै नदिए गोली हानिदिने धम्की दिएका सोही गाउँपालिका कार्यालयमा करारमा रहेका कार्यालय सहयोगी मुकेश प्रसाद यादव पक्राउ परेका हुन् ।

कार्यालय सहयोगी यादवले अधिकृत श्रीवास्तवलाई फोनबाट १५ लाख रूपैयाँ एक घण्टाभित्र नदिए ज्यान मार्ने धम्की दिएका थिए । सोहि आरोपमा उनलाई पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिएका छन् ।

Sponsored

प्रवक्ता मिश्रका अनुसार फिरौती माग गरेको अडियो सहितको सूचना प्राप्त हुनासाथ तत्काल अनुसन्धान टोली गठन गरी सेवा प्रदायक कम्पनी समेतसँग प्राविधिक सहयोग लिएर अनुसन्धान गर्दा यादव दोषी भएको पुष्टि भएपछि उनलाई नियन्त्रणमा लिइएको हो ।

यादवलाई सप्रमाण पक्राउ गरी नियन्त्रणमा राखेर आपराधिक लाभ मुद्दामा थप अनुसन्धान भइरहेको प्रवक्ता मिश्रले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *