TodayPati

प्रदेश २ मा तीनजना कारोना संक्रमित भेटिएपछि लकडाउनमा कडाइ

टुडेपाटी-
जनकपुरधाम, बैशाख १ गते ।
वीरगञ्जमा तीनजना कोरोना संक्रमित भेटिएपछि प्रदेश २ मा लकडाउनमा कडाइ गरिने प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बताएका छन् ।

भारतबाट आएर वीरगञ्जमा बसेका तीन जना भारतीय नागरिकमा कोरोना भाइरस पोजिटिभ देखिएपछि राउतले यस्तो गरिने निर्णय गरेको प्रतिक्रया दिएका छन् । उनले नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रदेश नेतृत्वले सीमा नाकासहितका क्षेत्रमा लकडाउन थप प्रभावकारी बनाउन गस्ती सुरु गरिसकेको बताए ।

‘भारतबाट आएका जमाती केही समय अगाडि नै आएकाले त्यस्ता व्यक्ति अरु पनि हुन सक्छन्, उनीहरुको हामी खोजी गरिरहेका छौँ,’ राउतले भने ।

Sponsored

सीमा क्षेत्रमा कडा निगरानी राख्ने विषयमा मुख्यमन्त्री राउतले आइतबार गृहमन्त्री रामबहादुर थापासँग छलफल गरेका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *