TodayPati

सप्तरीमा लकडाउन प्रभावित विपन्न परिवारलाई राहत वितरण

शुभनारायण यादव-
सप्तरी, बैशाख १७ गते ।

गत चैत ११ गतेदेखि भएको लकडाउनबाट प्रभावित विपन्न र डोम परिवारलाई राहत वितरण गरिएको छ । राष्ट्रिय सामुदायिक विकास केन्द्र ९एनसिडिसी० नेपाल राजबिराजले वडा नं। ९ मलेठका डोम र मेहतर परिवारलाई बुधबार राहत वितरण गरेको हो ।

कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले गरेको लकडाउनको बुधबार ३७ औं दिन तत्कालिन राजपाका सहमहासचिव गजेन्द्रकुमार मण्डलको आर्थिक सहयोग, संस्थाको सहकार्य र वडा कार्यालयको समन्वयमा राजविराज नगरपालिका ९ मलेठका ७ डोम तथा ८ मेस्तर परिवारलाई राहत प्रदान गरेको छ । ती परिवारलाई चामल ५ किलो, दाल एक किलो, नुन एक किलो, खानेतेल आधा लिटर, स्वायाबिन २ ग्रामगरि मास्क र साबुन समेत बितरण गरिएको संस्थाका अध्यक्ष बिरेन्द्र मण्डलले जानकारी दिनुभयो ।

त्यस्तै, राजविराज नगरपालिका ९ का अध्यक्ष शम्भुप्रसाद यादव लालिले वडाका तर्फबाट १ हजार २ सय ५० परिवारलाई राहत बितरण भइसकेको तथा राहत पाउन छुटेका तथा गरिब, अतिविपन्न तथा असाहयलाई संस्थाले गरिरहेको सहयोगलाई सहनिय भन्दै धन्यवाद दिएका छन् ।

Sponsored

राहत बितरणका अवसरमा रापजाका केन्द्रिय सदस्य अमरनाथ मण्डलले दुःखको यस घडीमा पार्टीका नेताको सहयोग सहनिय रहेको भन्दै सांसद तथा प्रदेशसभा सदस्य समेतले जनतालाई सहयोग गर्नुपर्ने बताउनुभयो ।

यसअघि पनि सहमहासचिव मण्डलकै आर्थिक सहयोगमा जिल्लाको राजगढ गाउँपालिकाका आर्थिक रुपले विपन्न तथा असहाय २ सय परिवारलाई राहत बितरण गरिएको छ भने ५ हजार ४ सय परिबारलाई साबुन तथा १० हजार थान माक्स बितरण समेत गरिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *