TodayPati

जनकपुरका ३० जना पत्रकारको पीसीआर रिपोर्ट नेगेटिभ

नितेश यादव-
जनकपुरधाम, जेठ ११ गते ।

जनकपुरका पत्रकारहरुको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

जनकपुरको कोरोना विशेष अस्पतालको आइसोलेसनमा उपचाररत एक पत्रकार र पुस्तक व्यवसायीको कन्ट्याक्ट ट्रेसिङ्गको आधारमा गरिएको ३० जना पत्रकारको पीसीआर रिपोर्ट नेगेटिभ आएको नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष अनिल मिश्रले जानकारी दिए ।

अध्यक्ष मिश्रका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा सबैजनाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

Sponsored

गत वैशाख ३० गते राती जनकपुरका पत्रकार र पुस्तक व्यवसायीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङ्गको आधारमा जनकपुरका ३० जना सञ्चारकर्मीहरुको जेठ ५ गते स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको महासंघका अध्यक्ष मिश्रले बताए ।

यसअघि संक्रमित सञ्चारकर्मी र पुस्तक व्यवसायीको परिवारका सबै सदस्यहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो ।

Sponsored

नितीश यादव

उहाँ टुडेपाटीका समाचारदाता हुनुहुन्छ । facebook भेट्न सक्नु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *